भैसिसँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

भैसिसँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

झापा : भैसिसित मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।  झापाको कमल गाउँपालिका–३ सहिदगेट नजिक को २१ प ७७ नम्बरको मोटरसाइकल बुधवार भैँसीसँग ठोक्किएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक मोरङ सुन्दरहरैचा नगरपालिका–४ का ३१ वर्षीय मदनबहादुर लायमगरको मृत्यु भयो।

तीव्र गतिको मोटरसाइकल अनियन्त्रित हुँदा भैँसीसँग ठोक्किएको थियो। दुर्घटनामा मोटरसाइकलमा चालक पछाडि बसेका सुनसरी इटहरी–४ का ३० वर्षीय अभिषेक चौधरी घाइते भएका छन्।

घाइतेको बिर्तामोडमा रहेको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ।

३० कात्तिक, २०८०, १२:४२:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।