जिम क्यारीको चेक

जिम क्यारीको चेक
जिम क्यारी

जिम क्यारी एक क्यानेडियन मूलका अमेरिकन कलाकार हुन् । खासगरी कमेडी फिल्महरु खेल्ने जिम क्यारीले 'द मास्क', 'एस भेन्चुरा', 'द ट्रुम्यान शो'जस्ता चर्चित फिल्महरु खेलेका छन् । उनी एक स्ट्याण्ड अप कमेडियन पनि हुन् । करिअरको सुरुवाती दिनहरुमा उनले स्ट्याण्डअप कमेडी अनि स्टेज शोहरुमा भाग लिन्थे । त्यो बेलासम्म उनी खासै चर्चित थिएनन् । कुनै चर्चा र प्रगती नहुँदा उनमा नैराश्यता पनि छाएको थियो तर पनि उनले हिम्मत हारेनन् । कतिपय अवस्थामा त केवल चर्चा पाउनका लागि उनलै सित्तैमा पनि स्टेज शोहरुमा भाग लिने गर्थे ।

उनमा आत्मविश्वास भने गज्जबको थियो । भनिन्छ उनी खासै लोकप्रिय नभएकै अवस्थामा पनि उनले आफुसँग भएको एउटा चेकमा आफ्नै नाममा एउटा १० मिलियन डलरको चेक बनाएर आफैसँग राखेका थिए र त्यो चेकको मिति तीनसाल पछिको थियो । त्यो चेकले उनलाई अझै मिहेनत गर्न प्रेरणा दिन्थ्यो । नभन्दै त्यो तीनसाल पुरा नहुँदै उनले खेलेका फिल्महरु हिट हुँदै गए र उनले थुप्रै पैसा कमाए अनि सोही तोकीएको मितिमा बैंकमा गई त्यो चेक पेश गरे । उनको आत्मविश्वासले नै उनलाई सफल बनायो ।

यसरी नै हामीले आफुले आफुलाई विश्वास गर्न सकियो भने सफलता अवश्य भेट्न सकिन्छ ।

 

२८ असोज, २०७९, १२:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।