प्रतिनिधिसभामा दुई वटा विधेयक दर्ता

प्रतिनिधिसभामा दुई वटा विधेयक दर्ता

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभामा दुई वटा विधेयक दर्ता गरेका छन्। 

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा शाहले प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक २०८३ प्रतिनिधिसभामा दर्ता गरेका हुन्।

प्रधानमन्त्रीको हैसियतमा प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक र गृहमन्त्रीको हैसियतमा मतदाता नामावली (पहिलो संशोधन) विधेयक दर्ता गराएका हुन्।

प्रधानमन्त्रीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विधेयक प्रस्तुत गरेकी हुन्।

जेठ ६, २०८३ बुधबार १३:५९:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।