भी-चित्रलाई 'पीआर एजेन्सी अफ द इयर' अवार्ड

भी-चित्रलाई 'पीआर एजेन्सी अफ द इयर' अवार्ड

काठमाडौं : नेपाली मार्केटिङ तथा सञ्चार एजेन्सी ‘भी-चित्र’ले १५औँ ACEF ग्लोबल कस्टमर इन्गेजमेन्ट अवार्ड्स २०२६ मा ‘पीआर एजेन्सी अफ द इयर’को उपाधि जितेको छ। भारतको मुम्बईमा आयोजित समारोहमा एजेन्सीले जनसम्पर्क विधामा उक्त सम्मान प्राप्त गरेको हो।

गत अप्रिल ३० मा द वेस्टिन मुम्बई गार्डेन सिटीमा आयोजित उक्त अवार्ड्स कार्यक्रममा भी-चित्रले टिकटकसँगको सहकार्यमा सञ्चालित अभियानहरूका लागि थप तीनवटा स्वर्ण पुरस्कारसमेत हात पारेको छ। एजेन्सीले टिकटकको ‘फ्यामिली पेरिङ’ अभियानमार्फत ‘बेस्ट इन्टिग्रेटेड पीआर एण्ड डिजिटल इन्गेजमेन्ट’ र ‘बेस्ट मिडिया रिलेसन्स क्याम्पेन’ विधामा स्वर्ण जितेको हो। 

यस्तै, ‘टिकटक सेफ्टी एम्बेसडर’ कार्यक्रमका लागि ‘बेस्ट युज अफ इन्फ्लुएन्सर्स इन पीआर क्याम्पेन’ विधामा पनि स्वर्ण पदक प्राप्त गरेको छ। नेपालमा सन् २०२५ मा टिकटकमाथिको प्रतिबन्ध हटेपछि किशोर-किशोरीको डिजिटल सुरक्षा र अभिभावकीय नियन्त्रण सुविधाबारे जनचेतना फैलाउन यी अभियानहरू सञ्चालन गरिएका थिए। अभियानले १४० भन्दा बढी मिडिया कभरेज, ३४ मिलियनभन्दा बढी भ्युज र ५.८ मिलियन इन्गेजमेन्ट प्राप्त गरेको विज्ञप्तिमा उल्लेख छ।

जेठ ५, २०८३ मंगलबार १७:२१:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।