सेयर बजार ६ अंक घट्यो, ३ अर्ब ८ करोडको कारोबार

सेयर बजार ६ अंक घट्यो, ३ अर्ब ८ करोडको कारोबार

काठमाडौं : साताकाे दाेस्राे काराेबार दिन मंगलबार पनि सेयर बजार घटेको छ। आज नेप्से ६.५१ अंकले घटेर २७२४ विन्दुमा कायम भएको छ। 

कारोबार रकम भने बढेको छ। आज ३ अर्ब ८ करोडको कारोबार भयो। सोमबार २ अर्ब ४५ करोडको कारोबार भएको थियो। 

११३ कम्पनीको मूल्य बढ्दा १४५ को घट्यो भने १२ को स्थिर रह्यो।

 विकास बैंक ०.७७ र फाइनान्स ०.०७, निर्जीवन बीमा ०.५६, माइक्रोफाइनान्स ०.१२ प्रतिशत बढे। बैंकिङ ०.१०, होटल तथा पर्यटन ०.५६, हाइड्रोपावर ०.५०, लगानी ०.२२, जीवन बीमा ०.२२, उत्पादन तथा प्रशोधन ०.६७ तथा अन्य समूह ०.३९ 
र व्यापार १.२४ प्रतिशत घटे।

कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै १४.२६ प्रतिशत बढेको छ।

आज धेरै कारोबार भएका कम्पनीमा सिटी होटल, साहस ऊर्जा, आँखुखोला जलविद्युत् कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक र एसवाई प्यानल छन्।

जेठ ५, २०८३ मंगलबार १५:२८:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।