बिहारमा जोखिमपूर्ण अवस्थामा रहेका ६ जना नेपाली बालबालिकाको सकुशल उद्धार
काठमाडौं : विभिन्न प्रलोभनमा पारी भारतको बिहार पुर्याइएका ६ जना नेपाली बालबालिकालाई जोखिमपूर्ण अवस्थाबाट उद्धार गरिएको छ।
नयाँ दिल्लीस्थित नेपाली दूतावास र मानव बेचबिखन विरुद्ध काम गर्दै आएको संस्था ‘किन इन्डिया’ को संयुक्त पहलमा उनीहरूको उद्धार गरिएको हो।
उद्धारपछि बालबालिकालाई सुरक्षित रूपमा स्वदेश फिर्ता गराउने तयारी भइरहेको किन इन्डियाका कार्यकारी निर्देशक नविन जोशीले जानकारी दिए।
उद्धार कार्यका लागि खटिएको ‘किन इन्डिया’ का प्रतिनिधिहरुले आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि बालबालिकालाई नेपाल ल्याइने बताए।
उद्धार गरिएका बालबालिकामध्ये चार जना कोशी प्रदेशका छन्। उनीहरूलाई आवश्यक परामर्श तथा संरक्षण व्यवस्थापछि मोरङ लैजाने योजना छ।
बालबालिका विभिन्न घटनामार्फत भारत पुगेकाले घटनाको प्रकृति फरक–फरक रहेको बताइएको छ। यसबारे थप विवरण आवश्यक परामर्श तथा अनुसन्धानपछि सार्वजनिक गरिने जनाइएको छ।
जेठ ४, २०८३ सोमबार १७:२४:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।