भारतबाट चिनी निर्यातमा पूर्ण प्रतिबन्ध

भारतबाट चिनी निर्यातमा पूर्ण प्रतिबन्ध

काठमाडौं : भारतले चिनी निर्यात पूर्ण रूपमा बन्द गरेको छ। 

भारत सरकारले आन्तरिक बजारमा चिनीको पर्याप्त आपूर्ति कायम राख्न र मूल्य स्थिर राख्न चिनी निर्यातमा पूर्ण रोक लगाएको हो।

भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनालयले जारी गरेको सूचनाअनुसार कच्चा, सेतो र प्रशोधित चिनीको निर्यात आगामी  सेप्टेम्बर ३० वा अर्को आदेश जारी नभएसम्मका लागि पूर्ण प्रतिबन्ध गरिएको हो।

यद्यपि, युरोपेली मुलुक र अमेरिकातर्फ तोकिएको कोटाअन्तर्गत हुने चिनी निर्यातमा भने यो निषेधित लागू नहुने बताइएको छ।

साथै, अग्रिम अनुमति योजना अन्तर्गत हुने निर्यात विद्यमान व्यवस्था अनुसार जारी रहने उल्लेख गरिएको छ। सरकारले यो निर्णय तत्काल लागू भएको स्पष्ट पारेको छ।

वैशाख ३१, २०८३ बिहीबार १८:४९:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।