डेनमार्क र दक्षिण कोरियामा नेपाल टेलिकमको भोल्टी रोमिङ सेवा विस्तार

डेनमार्क र दक्षिण कोरियामा नेपाल टेलिकमको भोल्टी रोमिङ सेवा विस्तार

काठमाडौं : नेपाल टेलिकमले मंगलबारदेखि डेनमार्क र दक्षिण कोरियामा पनि अन्तर्राष्ट्रिय भोल्टी रोमिङ सेवा सुरु गरेको छ। टेलिकमले डेनमार्कको टेलिनोर र दक्षिण कोरियाको एसके टेलिकमसँग सेवा सुरुसम्बन्धी सम्झौता गरेको छ।

अब क्यानडा, अमेरिका, अष्ट्रेलिया, लक्जेमबर्ग, इजरायल र ताइवान-आरओसीसहित विश्वका ८ देशका ९ वटा सेवा प्रदायकहरूमार्फत यो सेवा प्रयोग गर्न सक्ने भएका छन्।

अन्तर्राष्ट्रिय भोल्टी रोमिङ सेवामार्फत विदेशमा रहँदा पनि नेपालमा जस्तै एचडी गुणस्तरको भ्वाइस कलका साथै डाटा र एसएमएस सेवा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ। सेवा प्रयोग गर्नका लागि मोबाइल सेटले भोल्टी सपोर्ट गर्ने हुनुपर्छ र सेटमा सो सेवा 'एक्टिभेट' गरिएको हुनुपर्छ। 

मोबाइलको स्क्रिनमा 'एचडी' वा 'भोल्टी' लेखिएको संकेत देखिएमा यो सेवा सक्रिय रहेको बुझिन्छ। यदि मोबाइलमा सेवा सक्रिय छैन भने ग्राहकले *४४४# डायल गरी 'एक्टिभ भोल्टी' विकल्प छनौट गरेर सेवा सुचारु गर्न सक्ने प्रवक्ता रवीन्द्र मानन्धरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

चैत १०, २०८२ मंगलबार १७:३०:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।