२३.८३ अंकले बढ्यो नेप्से, १४ अर्ब ८३ करोडको कारोबार
काठमाडौं : मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ। नेपाल स्टक एक्सक्चेञ्ज (नेप्से) २३.८३ अंकले बढेर २९६०.४० विन्दुमा पुगेको छ।
आज लगातार पाँचौ दिन सेयर बजार बढेको हो।
नेप्से परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ। दिनभरमा १४ अर्ब ८३ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भयो। अघिल्लो दिन १५ अर्ब ७८ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।
१३६ कम्पनीको मूल्य बढ्दा ११७ को घट्यो भने ११ को स्थिर रह्यो।
व्यापार समूह सबैभन्दा धेरै ९.१२ प्रतिशत बढ्यो। त्यस्तै बैंकिङ ०.६७, विकास बैंक १.३८, फाइनान्स ०.५१, हाइड्रोपावर १.३२, लगानी ०.११, उत्पादन तथा प्रशोधन ०.८६ प्रतिशत बढे।
होटल तथा पर्यटन ०.१७, जीवन बीमा ०.३७, माइक्रोफाइनान्स ०.४६, निर्जीवन बीमा ०.३८ र अन्य ०.१६ प्रतिशत घटे।
साल्पा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स,को मूल्य १० प्रतिशत बढेको छ। सोलु हाइड्रोपावर ९.९९, हिमालयन पावर पार्टनर र भुजुङ हाइड्रोपावर ९.९८, होटल फरेस्ट इन ९.९७, बिशाल बजार ९.९१ र सिन्धु विकास बैंक ९.९० प्रतिशत बढे।
आज धेरै कारोबार भएका कम्पनीमा राधि विद्युत्, अपी पावर, एचआईडीसीएल प्रमोटर, ङादी ग्रुप र शिवम् सिमेन्ट छन्।
चैत १०, २०८२ मंगलबार १५:३०:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।