चुनावी मोर्चा सम्हाल्न कांग्रेसले सातै प्रदेशमा खटायो केन्द्रीय प्रतिनिधि (सूचीसहित)
काठमाडौं : नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरी सातै प्रदेशमा केन्द्रीय प्रतिनिधि खटाएको छ।
उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा गठित ‘केन्द्रीय निर्वाचन परिचालन समिति’ले निर्वाचन कमाण्ड सम्हाल्न र पार्टीको अवस्था बुझ्न नेताहरूलाई जिम्मेवारी दिएर जिल्ला तहसम्ममा खटायो।
पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार, खटिएका प्रतिनिधिहरूले सम्बन्धित प्रदेश र जिल्लामा पुगेर पार्टीको सांगठनिक अवस्थाको सूक्ष्म विश्लेषण गर्ने, आन्तरिक समन्वय गर्ने र निर्वाचन नसकिँदासम्म फिल्डमै बसेर चुनावी मोर्चा सम्हाल्ने छन्।
कांग्रेसले केन्द्रीय सदस्य, पूर्वपदाधिकारी र निवर्तमान केन्द्रीय सदस्यहरूलाई चुनावी क्षेत्रमा परिचालन गरेको छ।
कुन प्रदेशमा कसको नेतृत्व ?


माघ २०, २०८२ मंगलबार १६:५४:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।