रवि लामिछाने शुक्रवारबाट थुनामुक्त हुने

रवि लामिछाने शुक्रवारबाट थुनामुक्त हुने

काठमाडौँ : उच्च अदालत बुटवलबाट धरौटीमा थुनामुक्त गर्न आदेश दिए पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने शुक्रवारमात्रै हिरासतमुक्त हुने भएका छन्। उच्च अदालतबाट आएको आदेश जिल्ला अदालत पुगेपछि धरौटीको प्रक्रियामा थुनामुक्त हुने भएकाले उनी बिहीबार कारागारमै रहने छन्।

अहिले रवि नख्खु कारागारमा छन्। कानुनी प्रक्रिया पुरा गर्न उनी शुक्रवार भैरहवा जाने तयारीमा रहेको रास्वपास्रोतले बतायो।

उच्च अदालत तुलसीपुर बुटवल इजलासले बिहीबार लामिछानेलाई २ करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी वा सो बराबरको बैंक जमानतमा थुनाबाट मुक्त गर्न आदेश दिएको थियो। 

सुप्रीम सहकारी ठगी प्रकरणमा उनी पुर्पक्षका लागि थुनामा थिए। रविको पक्षबाट पटक पटक सुनुवाइ स्थगित गरिएकोमा गत साता रविका कानुन व्यवसायी र इजलासका न्यायाधीशको सम्बन्धका कारण हेर्न नमिल्ने भएको थियो। बिहीबार न्यायाधीश वासुदेव आचार्य र  तेजनारायण पौडेलको संयुक्त इजलासमा सुनुवाइ परेपछि यो रद्द भएन र रविको नाममा धरौटीको आदेश आयो।

पुष ३, २०८२ बिहीबार १९:२१:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।