सिन्धुपाल्चोकमा रुख काट्ने क्रममा च्यापिएर एकको मृत्यु

सिन्धुपाल्चोकमा रुख काट्ने क्रममा च्यापिएर एकको मृत्यु

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकामा रुख काट्ने क्रममा रुखले च्यापेर एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा लिसंखुपाखर गाउँपालिका-३ वाफल बस्ने अन्दाजी ३६ वर्षीय सुक तामाङ रहेका छन्।

प्रहरीका अनुसार आइतबार (मंसिर २८ गते) दिउँसो करिब २ बजेको समयमा घर नजिकै आफ्नै बारीमा रुख काट्ने क्रममा तामाङलाई रुखले च्यापेको थियो।

रुखले च्यापेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसे लगिएको थियो।

घाइते तामाङलाई साँझ ६ बजे अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ।

मंसिर २९, २०८२ सोमबार १०:५१:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।