ब्रिटिस कलेजको व्यवस्थापनमा पोखराको कसमस कलेजबाट ए-लेभल पुनः सञ्चालन

ब्रिटिस कलेजको व्यवस्थापनमा पोखराको कसमस कलेजबाट ए-लेभल पुनः सञ्चालन

पोखरा : पोखराको कसमस इन्टरनेशनल कलेज (सीआईसी)मा द ब्रिटिस कलेजको व्यवस्थापनमा क्याम्ब्रिज ए-लेभल कार्यक्रम पुनः सञ्चालन हुने भएको छ।

लेखनाथ-३०, सिसुवा स्थित कलेजलाई नयाँ रूप दिँदै ब्रिटिस कलेजले गुणस्तरीय शिक्षाको विस्तार गर्ने उद्देश्यसहित ए-लेभल सुरू गरेको हो। यससँगै कसमस कलेज ब्रिटिस एजुकेशन ग्रुपमा औपचारिक रूपमा समावेश भएको छ।

उद्घाटन कार्यक्रममा ब्रिटिस ग्रामर स्कूलका भाइस प्रेसिडेन्ट पाउल क्लिभ्स र द ब्रिटिस कलेजका कार्यकारी निर्देशक महेन्द्रराज कँडेलले दीप प्रज्वलन गरी कार्यक्रमको सुरूवात गरे।

उनीहरूले कसमसको पुनः सुरुवातले पोखरामा अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रवाह हुने विश्वास व्यक्त गरे।

कलेजले प्रारम्भिक भर्ना हुने विद्यार्थीहरूलाई ५० प्रतिशतसम्म छात्रवृत्ति, उत्कृष्ट विद्यार्थी तथा राष्ट्रिय खेलाडीलाई विशेष छुट, साथै निःशुल्क यातायात सुविधा प्रदान गर्ने घोषणा गरेको छ। इच्छुक विद्यार्थीले १० जुन २०२५ भित्र भर्ना प्रक्रिया पूरा गर्नुपर्नेछ।

जेठ ५, २०८२ सोमबार १४:०१:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।