मंगलबार २९ बैशाख, २०८३
तिलिचोको सौन्दर्य
तस्बिरः नवीन लामिछानेर/रासस
मनाङ : हिमाली जिल्ला मनाङको ङिस्याङ गाउँपालिकामा अवस्थित तिलिचो ताल अझै पनि बाक्लो हिउँले ढाकिएको छ। वैशाख महिनाको अन्त्यतिर पुग्दा पनि तालको बरफ पग्लिन सुरसार छैन।
पर्यटक र ट्रेकिङ प्रेमीका लागि लोकप्रिय गन्तव्य रहेको तिलिचो तालले अझै पनि सेतो चादर ओढिरहेको छ।
समुद्री सतहदेखि ४,९१९ मिटर उचाइमा रहेको तिलिचो ताल चार दशमलव आठ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ।
ताल आसपासको क्षेत्र अहिले पनि हिउँले छोपिएको देखिन्छ जुन दृश्यले प्रकृति प्रेमीलाई आकर्षित गरिरहेको छ।
वैशाख २८, २०८२ आइतबार २०:५०:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।