धोनीको कप्तानीमा चेन्नईको लज्जास्पद हार

एजेन्सी : महेन्द्रसिंह धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई सुपर किंग्सले फराकिलो र लज्जास्पद हार बेहोरेको छ।
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नई कोलकातासँग आठ विकेटले पराजित भयो, त्यो पनि १०.१ ओभरमा।
ऋतुराज गायकवाड घाइते भएपछि चेन्नईको कप्तानी महेन्द्रसिंह धोनीले गरेका थिए।
पहिले ब्याटिङ गरेको चेन्नईले अत्यन्त खराब प्रदर्शन गर्दै १०३ रनमा समेटियो। शिबम दुबेले ३१ र विजय शंकरले २९ रन बनाए। अरू ब्याटर चलेनन्।
बलिङतर्फ कोलकाताका सुनिल नारायणले तीन, हर्षित राना र वरूण चक्रवर्थीले दुई/दुई तथा वैभव अरोरा र मोयन अलीले १/१ विकेट लिए।
कोलकाताले १०४ रनको लक्ष्य १०.१ ओभरमा २ विकेटमात्रै गुमाएर पूरा गर्यो। त्यस क्रममा कप्तान अजिन्क्य रहाने र रिंकु सिंहले नट आउट क्रमशः २० र १५ रन बनाए।
त्यसअघि ओपर सुनिल नारायणले १८ बलमा २ चौका र ५ छक्का हानेर ४४ रन बनाएका थिए। क्वीन्टन डीककले १६ बलमा तीन छक्का हानेर २३ रन जोडे।
चेन्नईका अनसुल कमबोज र नुर अहमदले एक/एक विकेट लिए। साविक विजेता कोलकाता ६ खेलमा तीन जित निकाल्दै ६ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ। चेन्नई २ अंकसहित नवौं स्थानमा छ।
चैत ३०, २०८१ शनिबार ०७:१५:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।