१९ सय रुपैयाँले घट्यो सुनको मूल्य

१९ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्य १९ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १९ सय रुपैयाँले घटेर तोलामा एक लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको छ।

शुक्रबार सुनको मूल्य तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य ७० रुपैयाँले घटेको छ। आइतबार चाँदीको मूल्य तोलामा एक हजार आठ सय रुपैयाँ कायम भएको हो।

चैत २४, २०८१ आइतबार ११:४४:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।