सुनको मूल्य दुई सयले बढ्यो

काठमाडौं : साताको चौथो दिन बुधबार सुनचाँदीको मूल्य बढेको छ।
मंगलबारको तुलनामा बुधबार सुन तोलामा दुई सय रुपैयाँले बढ्दा चाँदी १० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज सुन तोलाको एक ७३ हजार पाँच सय रुपैयाँ कायम भएको छ। हिजो सुन तोलाको एक लाख ७३ हजार तीन सय रुपैयाँ थियो।
त्यसैगरी हिजो चाँदी तोलाको एक हजार नौ सय ८० रुपैयाँ भएकोमा आज तोलाको एक हजार नौ सय ९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
चैत १३, २०८१ बुधबार १०:५७:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।