एकै दिन चार हजारले बढ्दा सुनको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं : साताको छैटौं दिन शुक्रबार चार हजार रुपैयाँले वृद्धि हुँदा सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ।
बुधबारको तुलनामा शुक्रबार सुनको मूल्य चार हजार रुपैयाँले बढ्दा चाँदी तोलामा ५० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार सुनको मूल्य आज तोलाको एक लाख ७४ हजार पाँच सय रुपैयाँ कायम भएको छ। यसअघि बुधबार सुन तोलाको एक हजार ७० हजार पाँच सय रुपैयाँ थियो।
त्यसैगरी बुधबार दुई हजार रुपैयाँ रहेको चाँदी आज तोलाको ५० रुपैयाँले बढेर २०५० रुपैयाँ पुगेको छ।
बिहीबार फागु पूर्णिमा भएकाले महासंघले सुनचाँदीको मूल्य सार्वजनिक गरेको थिएन।
यसअघि फागुनमा सुनको मूल्य सबैभन्दा बढी एक लाख ७१ हजार तीन सय रुपैयाँ प्रतितोला कारोबार भएको थियो।
चैत १, २०८१ शुक्रबार १०:५२:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।