हेटौडाबाट वीरगन्ज हिँडेको माइक्रोमा फेला पर्‍यो १३ किलो गाँजा, ५० वर्षको सुशीला पक्राउ

हेटौडाबाट वीरगन्ज हिँडेको माइक्रोमा फेला पर्‍यो १३ किलो गाँजा, ५० वर्षको सुशीला पक्राउ

रौतहट  : बारा प्रहरीले १३ किलो गाँजा सहित एक महिलालाई पक्राउ गरेको छ। अस्थायी प्रहरी पोस्ट, रामबनबाट खटिएको चेकिङ टोलीले गाँजा सहित मकवानपुर राक्सिराङ गाउँपालिकाकी ५० वर्षकी सुशीला गोलेलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार जितपुर सिमरा उपमहानगरपालिका .३ बजनी वीरगन्ज पथलैया सडक खण्ड स्थितमा विशेष सूचनाको आधारमा बुधवार खटिएको चेकिङ टोलीले माईक्रोबाट गाँजा बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय बारा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विजय राज पण्डितका अनुसार हेटौँडाबाट वीरगन्जतर्फ आउँदै गरेको ना ८ ख ६०६१ नम्बरको यात्रुवाहक माइक्रोलाई रोकी चेकजाँच गर्ने क्रममा लुकाइ राखेको अवस्थामा १३ किलो गाँजा फेला परेको हो।

माइक्रोमा सवार यात्रीको साथमा रहेको दुई वटा बोरामा दुई पोका गाँजा फेला पारेको उनले जानकारी दिए।

फागुन २९, २०८१ बिहीबार १६:०२:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।