बर्दियामा हात्तीको आक्रमणमा एक जनाको मृत्यु

बर्दिया : ठाकुरबाबा नगरपालिका-२ बलातीमा गएराति हात्तीको आक्रमणमा एक जनाको मृत्यु भएको छ।
बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको हात्तीले घर नजिक रहेको बारीमा राती करिब पौने १२ बजे आक्रमण गरेको प्रहरीले जनाएको हो।
हात्तीको आक्रमणमा सोही ठाउँका ७१ वर्षीय बलिराम थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एंव डिएसपी ऋषीराम घर्तीमगरले बताए।
हात्तीले खेतमा लगाएको गहुँबाली नोक्सानी गरिरहेको बेला थारुले धपाउन खोज्दा हात्तीले कुल्चेर मारेको डिएसपी घर्ती मगरले जानकारी दिए।
फागुन २९, २०८१ बिहीबार ०९:५९:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।