च्याम्पियन्स ट्रफी : दक्षिण अफ्रिका र इंल्यान्ड भिड्दै, सेमिफाइनल पुग्न अफगानिस्तानलाई इंग्ल्यान्डको भर

च्याम्पियन्स ट्रफी : दक्षिण अफ्रिका र इंल्यान्ड भिड्दै, सेमिफाइनल पुग्न अफगानिस्तानलाई इंग्ल्यान्डको भर

एजेन्सी : आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को ११औं खेल आज दक्षिण अफ्रिका र इङ्ग्ल्याण्डबीच खेल हुँदैछ।

खेल कराँचीस्थित नेशनल स्टेडियममा नेपाली समयअनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ।

दुवै टोलीमध्ये दक्षिण अफ्रिकाले पहिलो खेलमा जित निकाल्दा अष्ट्रेलियासँगको खेल वर्षाले रद्द भएको थियो।

इङ्ग्ल्याण्ड भने पहिलो खेलमा अष्ट्रेलियासँग र दोस्रो खेलमा खेल अफगानिस्तानसँग पराजित भएको थियो।

दक्षिण अफ्रिकालाई सेमिफाइनल पुग्नका लागि आजको खेलमा जित, बराबरी वा झिनो अन्तरको हर पनि काफी हुनेछ।

प्रतियोगिताबाट बाहिरिइसकेको इंग्ल्यान्ड भने आजको खेलमा जित निकाल्दै जितबाट प्रतियोगिताको अन्त्य गर्न चाहन्छ।

यदि इंग्ल्यान्डले ठूलो अन्तरले दक्षिण अफ्रिकालाई पराजित गरेको खण्डमा अफगानिस्तान सेमिफाइनलमा पुग्नेछ।

च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिका र इंग्ल्यान्ड पाँचौं पटक आमनेसामने हुँदैछन्। यसअघि दुवैले खेलेका चारमध्ये दुई खेल दक्षिण अफ्रिका र दुई खेल इंग्ल्यान्डले जितेको थियो।

यी दुई टोलीबीच हालसम्म ७० एकदिवसीय खेल खेलिएकोमा इंग्ल्यान्डले ३४ खेल जित्दा दक्षिण अफ्रिकाले ३० खेल जितेको थियो। ५ खेलको नतिजा निस्कन नसक्दा एक खेल बराबरीमा सकिएको थियो।

मौसमको कुरा गर्दा शनिबार कराँचीको घमाइलो हुनेछ। बिहान घाम लाग्ने र केही ठाउँमा बादल लागे पनि पानी पर्ने सम्भावना छैन। तापक्रम १६ देखि ३१ डिग्री सेल्सियसको आसपास रहँदा हावा प्रतिघण्टा १५ किलोमिटरको गतिमा चल्नेछ।

च्याम्पियन्स ट्रफीमा शुक्रबार भएको खेल भने नतिजाविनै टुङ्गियो। लाहोरको गद्दाफी स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानले अलआउट हुँदै २७३ रन बनायो।

जवाफी ब्याटिङमा उत्रिएको अष्ट्रेलियाले १२.५ ओभरमा एक विकेट गुमाएर १०९ रन बनाउँदा पानी परेपछि खेल हुन सकेन। डर्कविथ लुइस प्रणालीबाट रिजल्ट निकाल्नको लागि पनि कम्तीमा २० ओभरको खेल हुनुपर्थ्यो।

२० ओभरको खेल हुन नसकेको र थप खेल्ने अवस्था पनि नभएपछि विना नतिजा खेल टुङ्गिएको हो। यसअनुसार दुवै टोलीले एक-एक अंक बाँडेका छन्।

फागुन १७, २०८१ शनिबार ११:५०:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।