संकटालाई हराउँदै आर्मी केपी ओली कप फुटबलको फाइनलमा

काठमाडौँ : सङ्कटा क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। दशरथ रङ्गशालामा भएको पहिलो सेमिफाइनलमा संकटालाई २–१ गोलले पराजित गर्दै आर्मी फाइनल पुगेको हो।
आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेम्जनले एक-एक गोल गरे। नवयुगले खेलको ७औँ मिनेटमा गोल गर्दै आर्मीलाई पहिलो अग्रता दिलाएका थिए। खेलको ६५औँ मिनेटमा गोल गर्दै आर्मीले अग्रता दोब्बर बनायो। सङ्कटाका विसन गुरुङले इन्जुरी समयमा एक गोल फर्काए।
प्रतियोगिताको दोस्रो सेमिफाइनलमा भोलि शनिवार आयोजक केपी एफसी र मच्छिन्द्र एफसीबिच प्रतिस्पर्धा हुनेछ। फाइनल खेल फागुन १९ गते हुनेछ।
राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा जारी प्रतियोगितामा ९ टोलीले सहभागिता थिए। फागुन १९ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन्।
फागुन १६, २०८१ शुक्रबार २१:१५:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।