एक हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं : साताको छैटौं दिन शुक्रबार (आज) सुनचाँदीको मूल्य घटेको छ।
बिहीबारको तुलनामा आज सुन तोलामा एक हजार रुपैयाँ घट्दा चाँदी पाँच रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज सुनको मूल्य तोलाको एक लाख ७० हजार रुपैयाँ कायम भएको छ। हिजो सुन तोलाको एक लाख ७१ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी चाँदीको मूल्य आज तोलाको एक हजार नौ सय ९० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको एक हजार नौ सय ९५ रुपैयाँ कायम भएको थियो।
फागुन ९, २०८१ शुक्रबार १०:४७:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।