१२ सयले बढ्यो सुनको मूल्य, चाँदीमा १५ रुपैयाँ बढोत्तरी

१२ सयले बढ्यो सुनको मूल्य, चाँदीमा १५ रुपैयाँ बढोत्तरी

काठमाडौं : साताको दोस्रो दिन सोमबार (आज) सुनचाँदीको मूल्य बढेको छ।

आइतबारको तुलनामा आज सुन तोलामा १२ सय रुपैयाँले बढ्दा चाँदी १५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज सुनको मूल्य तोलाको एक लाख ६८ हजार सात सय रुपैयाँ कायम भएको छ।

हिजो सुन तोलाको एक लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी हिजो एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको एक हजार नौ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

फागुन ५, २०८१ सोमबार १०:४१:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।