ब्यारेकमै खाना खाने भन्दै कोठा फर्किएकी थिइन् प्रहरी जवान निशा, फ्यानमा झुन्डिएको अवस्थामा मृत भेटिइन्

ब्यारेकमै खाना खाने भन्दै कोठा फर्किएकी थिइन् प्रहरी जवान निशा, फ्यानमा झुन्डिएको अवस्थामा मृत भेटिइन्

काठमाडौं : काठमाडौंस्थित प्रहरी प्रभाग साँखुको ब्यारेकमा एक महिला प्रहरी जवान झुन्डिएको अवस्थामा मृत भेटिएकी छन्।

बुधबार मध्याह्नमा प्रभागको ब्यारेकमा प्रहरी जवान २३ वर्षीया निशा चौधरी मृत भेटिएकी जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।

उनका अनुसार चौधरी सिलिङ फ्यानमा आफ्नै सलको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेकी हुन्।

चौधरीसँगै तीन जना बुधबार बिहान शाली नदी मेलाको ड्युटीका लागि भनेर खटिएका थिए। उनीसँग एउटै कोठामा बस्ने तीन जना ड्युटीमा खटिएकोमा दुई जनाले भने शाली नदी मेलामै खाना खाएका थिए। चौधरी भने ब्यारेकमै खाना खाने भन्दै फर्किएको पाइएको एसपी अपिलराज बताए।

खाना खान भनेर आएकी चौधरी आफू सुत्ने कोठामा पसेकी थिइन्। 

तर, लामो समयसम्म पनि कोठाबाट बाहिर ननिस्केको र बोलाउँदा पनि नबोलेपछि झ्याल फोडेर हेर्दा उनी सिलिङ फ्यानमा झुन्डिएको अवस्थामा मृत भेटिइन्।  

माघ २३, २०८१ बुधबार १८:५३:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।