मोटरसाइकलको ठक्‍करबाट ७२ वर्षीया वृद्धाको मृत्यु, चालक प्रहरी नियन्त्रणमा

मोटरसाइकलको ठक्‍करबाट ७२ वर्षीया वृद्धाको मृत्यु, चालक प्रहरी नियन्त्रणमा

काठमाडौं : अछामको कमलबजार नगरपालिका-१ मोटरकाट्यमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। 

कमल बजारबाट तुर्माखाँद जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००८ प ४०३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ७२ वर्षीया मैसरा ढकालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रमुख ईश्वरीप्रसाद भण्डारीले बताए।

मोटरसाइकल चालक तुर्माखाँद गाउँपालिका-५ का २३ वर्षीय लक्ष्मणबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

माघ १७, २०८१ बिहीबार १५:१८:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।