सुनको मूल्य १४ सय रुपैयाँले बढ्यो

सुनको मूल्य १४ सय रुपैयाँले बढ्यो

काठमाडौं : साताको चौथो दिन बुधबार (आज) सुनचाँदीको मूल्य बढेको छ।

मंगलबारको तुलनामा बुधबार सुन तोलाको १४ सय रुपैयाँ र चाँदी तोलाको २० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज सुन तोलाको एक लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुन तोलाको एक लाख ५९ हजार २ सय रुपैयाँ थियो।

त्यसैगरी आज चाँदी तोलाको एक हजार आठ सय ५५ रुपैयाँ कायम भएको छ। हिजो सुन तोलाको एक हजार आठ सय ३५ रुपैयाँ थियो।

माघ १६, २०८१ बुधबार ११:००:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।