२०० रूपैयाँले घट्यो सुनको मूल्य, प्रतितोला एक लाख ६० हजार नाघ्यो

२०० रूपैयाँले घट्यो सुनको मूल्य, प्रतितोला एक लाख ६० हजार नाघ्यो

काठमाडौं : साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा दुई सय रूपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा दुई सय रुपैयाँ घटेर १ लाख ६० हजार ४ सय रुपैयाँ कायम भएको हो।
 
शुक्रबार छापावाल सुन तोलामा १ लाख ६० हजार ६ सय रुपैयाँ रहेको थियो। 

आज चाँदीको मूल्य पनि तोलामा १५ रूपैयाँले घटेको छ। चाँदी प्रतितोला एक हजार ८६५ रुपैयाँमा खरिद-बिक्री भइरहेको महासंघले जनाएको छ। 

शुक्रबार चाँदी प्रतितोला एक हजार ८८० रुपैयाँमा कारोबार भएको थियो।

माघ १३, २०८१ आइतबार ११:२६:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।