मधेशका मुख्यमन्त्री सिंह भन्छन् 'विद्यालय व्यवस्थापन समितिले गर्दा राजनीति बढ्यो, यो खारेज गर्नुपर्छ'

मधेशका मुख्यमन्त्री सिंह भन्छन् 'विद्यालय व्यवस्थापन समितिले गर्दा राजनीति बढ्यो, यो खारेज गर्नुपर्छ'

काठमाडौं : मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले देशको शिक्षा सुधारका लागि विद्यालयहरूबाट विद्यालय व्यवस्थापन समिति हटाउनु आवश्यक रहेको बताएका छन्।

प्रधानाध्यापकहरूको संगठन प्रिन्सिपल एसोसिएसन अफ नेपालको एक कार्यक्रममा मुख्यमन्त्री सिंहले विद्यालय व्यवस्थापन समितिका कारण विद्यालयमा समेत राजनीति हुने गरेको र यसले शैक्षिक गुणस्तरीयता खस्किरहेको बताए। 

उनले विद्यालय व्यवस्थापन समितिकै कारण आसेपासेका नातागोतालाई शिक्षकमा भर्ती हुने गरेको र यसले गुणस्तरीय शिक्षकको विद्यालयहरूमा भर्ती हुन नसकिरहेको आरोप समेत लगाए। 

यसका लागि प्रधानाध्यापकहरू स्वयं जिम्मेवार रहेको भन्दै उनले यो परिपाटी सुधार गर्न विद्यालय व्यवस्थापन हटाउनु आवश्यक रहेको बताए। 

मुख्यमन्त्री सिंहले सबै क्षेत्रमा मासिक तलब प्राप्त हुन्छ तर शिक्षकहरूलाई ४ महिनामा तलब किन? भन्दै प्रश्न गरे। शिक्षकहरूले समेत मासिक रुपमै उपलब्ध हुनुपर्ने उनको माग छ।

‘मुख्यमन्त्री सिंहले विकसित मुलुकहरूमा शिक्षकहरूको उच्च सम्मान हुन्छ तर हाम्रो जस्तो देशमा त्यस्तो अवस्था छैन’, उनले प्रश्न गरे, ‘शिक्षकहरूलाई प्रमुख जिल्ला अधिकारीभन्दा माथि किन नराख्ने?’ 

माघ १३, २०८१ आइतबार १०:५६:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।