अध्यादेश र हिउँदे अधिवेशनबारे छलफल गर्न कांग्रेसको संसदीय दलको बैठक बस्दै

अध्यादेश र हिउँदे अधिवेशनबारे छलफल गर्न कांग्रेसको संसदीय दलको बैठक बस्दै

काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ।

आइतबार दिउँसो २ बजे संसद भवनको ल्होत्से हलमा कांग्रेस संसदीय दलको बैठक बस्न लागेको प्रमुख सचेतक श्याम घिमिरेले बताए। 

उनले सरकारले ल्याएका अध्यादेशमाथि छलफल, आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकहरू तथा यसअघि नै प्रस्तुत भइसकेका तर, विभिन्न समितिमा छलफलको चरणमा रहेका विधेयकहरूमाथि समेत छलफल गर्न दलको बैठक बोलाइएको बताए।

आउँदो माघ १८ बाट संघीय संसद्को अधिवेशन सुरू हुँदै छ। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरिसकेका छन्।

संसदीय दल बैठकअघि शनिबार सभापति देउवाले पदाधिकारी, पूर्वपदाधिकारी, सांसद, पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूसँग छलफल गरेको थियो।

छलफलमा संसदमा दर्ता भएका विधेयक र अध्यादेशको पक्षमा एकढिक्का हुन सभापति देउवाले निर्देशन दिएका थिए। 

माघ १३, २०८१ आइतबार ०८:००:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।