खैरो हेरोइन ल्याउने भारतीय नागरिक गोविन्द र लिन बसेका विनोद तामाङ पक्राउ
काठमाडौं : प्रहरीले अवैध लागूऔषध खैरो हेरोइन ल्याउने र लिन आएका युवालाई चन्द्रागिरिबाट पक्राउ गरेको छ।
काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको प्र १-०१-००६ ख ४७९६ नम्बरको बसमा सवार ३७ वर्षीय भारतीय नागरिक गोविन्द बालाको साथबाट आज जाँचका क्रममा एक सय ५० ग्राम खैरो हेरोइन बरामद गरेको थियो।
सोधपुछका क्रममा बालाले उक्त लागूऔषध रमन महर्जन र विनोद तामाङले ल्याउन लगाएको भनि बयान दिएपछि प्रहरीले खोजतलास गर्ने क्रममा उनीहरुलाई बा ५१ प ७५५८ मोटरसाइकलसहित लागूऔषध लिन बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पूर्णिमाकुमारी चन्दले जानकारी दिइन्।
पक्राउ परेका २६ वर्षीय महर्जन चन्द्रागिरि नगरपालिका र ३८ वर्षीय तामाङ धादिङको थाक्रे गाउँपालिकाका स्थायी भएको प्रहरीले जनाएको छ।
उनीहरुलाई प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो नागढुङ्गाको संयुक्त टोलीले पक्राउ गरेको हो।
माघ १०, २०८१ बिहीबार २२:१५:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।