अहिलेसम्मका सबै शिक्षकहरू पेन्सनकै प्रावधानमा समावेश हुन्छन् : मन्त्री भट्टराई
काठमाडौं : शिक्षामन्त्री विद्या भट्टराईले अहिलेसम्मका सबै शिक्षकहरू पेन्सनकै प्रावधानमा समावेश हुने बताएकी छिन्।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा निवृत्तिभरण कोषमा शिक्षक समावेशबारे विषयमा छलफल भएको जानकारी दिँदै उनले ऐन बन्नु भन्दा पहिलाका शिक्षकहरू पेन्सन प्रावधानमा समावेश हुने बताइन्।
उनले भनिन्, ‘निवृत्तिभरण ऐनबारे अध्यादेशमा आएको छ, त्यसमा शिक्षक सेवा पनि समावेश हुने कुरा भएको निवृत्तिभरण कोषमा भन्ने आयो। यसमा शिक्षकहरूलाई केही कन्फ्युजन थियो कहिलेबाट भनेर। आज मन्त्रिपरिषद्को बैठकमा जहिलेबाट ऐन बन्यो, त्यहीबाट लागू हुने भन्ने भएको छ। त्यो भनेको ०८१ सालबाट मात्रै लागू हुन्छ।'
०८१ भन्दा अगाडिका सबै शिक्षकहरू पेन्सन प्रावधानमा समावेश हुने उनले बताइन्।
माघ ७, २०८१ सोमबार २२:०६:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।