मंगलबार १० चैत, २०८२
नौ सयले घट्यो सुनको मूल्य
काठमाडौं : साताको दोस्रो दिन सोमबार (आज) सुनचाँदीको मूल्य घटेको छ।
आइतबारको तुलनामा आज सुन तोलामा नौ सय रुपैयाँ घट्दा चाँदीमा तोलाको ३० रुपैयाँ कमी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज सुन तोलाको एक लाख ५७ हजार रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार तोलाको एक लाख ५७ हजार नौ सय रुपैयाँ थियो।
त्यस्तै आज चाँदी तोलाको एक हजार आठ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी तोलाको एक हजार आठ सय ९० रुपैयाँ थियो।
माघ ७, २०८१ सोमबार १०:५९:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।