८०० रूपैयाँले घट्यो सुनको मूल्य

८०० रूपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्य आठ सय रूपैयाँले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार आठ सय रूपैयाँले घटेर छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५७ हजार १०० रूपैयाँ कायम भएको छ। 

अघिल्लो कारोबारको दिन छापावाल सुन प्रतितोला एक लाख ५७ हजार ९०० रूपैयाँमा कारोबार भएको थियो।
 
त्यस्तै,चाँदीको मूल्य पनि तोलामा ३० रूपैयाँले घटेको छ। 

चाँदी प्रतितोला एक हजार ८६० रूपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ। अघिल्लो कारोबार दिन चाँदी प्रतितोला एक हजार ८९० रूपैयाँमा किनबेच भएको थियो।

माघ ६, २०८१ आइतबार ११:५१:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।