१३ सयले बढ्यो सुनको मूल्य
काठमाडौं : साताको छैटौं दिन शुक्रबार(आज) सुनचाँदीको मूल्य बढेको छ।
बिहीबारको तुलनामा आज सुन तोलामा १३ सय रुपैयाँ बढ्दा चाँदीमा १० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज सुन तोलाको एक लाख ५७ हजार नौ सय रुपैयाँ कायम भएको छ। बिहीबार तोलाको एक लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी चाँदीको मूल्य शुक्रबार एक हजार आठ सय ९० रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी एक हजार आठ सय ८० रुपैयाँमा कारोबार भएको थियो।
माघ ४, २०८१ शुक्रबार ११:१८:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।