सम्बन्ध बिग्रिएपछि पुराना फोटो र भिडिओ युवतीको परिवारलाई पठाएको आरोपमा १९ वर्षीय किशोर पक्राउ
काठमाडौं : फेसबुकबाट चिनजान भई प्रेम सम्बन्धमा रहेका र सम्बन्ध बिग्रिएपछि पुराना फोटो र भिडिओ युवतीको परिवारलाई पठाएर चरित्रहत्या गरेको आरोपमा एक किशोर पक्राउ परेका छन्।
रामेछापको खाँडादेवी गाउँपालिका-८ घर भई हाल काठमाडौं महानगरपालिका-१३ बस्ने १९ वर्षीय श्रीकृष्ण कार्कीलाई आइतबार पक्राउ गरिएको हो।
उनलाई साइबर अपराधमा काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्याद दिई आवश्यक अनुसन्धान भइरहेको साइबर ब्युरोले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
उनीविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ।
माघ ३, २०८१ बिहीबार १७:४४:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।