ब्रेकअपपछि दिदीसँगको अश्लील भिडिओ बहिनीलाई पठाए, पीडितको उजुरीपछि पक्राउ

ब्रेकअपपछि दिदीसँगको अश्लील भिडिओ बहिनीलाई पठाए, पीडितको उजुरीपछि पक्राउ

काठमाडौं : ब्रेकअपपछि पूर्वप्रेमिकाको अश्लील फोटो तथा भिडिओ बहिनीलाई पठाएर चरित्रहत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा भोजपुरको षडानन्द गाउँपालिका-५ घर भई काठमाडौंको बौद्ध बस्दै आएका ३१ वर्षीय सरोज कटुवाल रहेका छन्।

कटुवालले प्रेम सम्बन्धमा रहँदा पीडित युवतीको सहमति तथा जानकारीबिना अश्लील फोटो र भिडिओ खिची, पछि ती सामग्री युवतीको बहिनीलाई पठाएको भन्दै साइबर ब्युरोमा उजुरी परेको थियो। 

पीडित महिलाको उजुरीको आधारमा उनी पुस २९ मा पक्राउ परेका हुन्। 

उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरिएको साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीले बताए।  

माघ ३, २०८१ बिहीबार १७:३०:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।