सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं : अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ।

आज अन्तराष्ट्रिय बजारमा एक औंस सुनको मूल्य दुई हजार छ सय ९५ अमेरिकी डलर निर्धारण भएको छ।

स्थानीय बजारमा आज सूनको मूल्य अघिल्लो दिनका तुलनामा प्रतितोला एक हजार दुई सय रुपैयाँले वृद्धि भई एक लाख ५६ हजार छ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार सोही परिमाणको पहेँलो धातु रु एक लाख ५५ हजार चार सयमा कारोबार भएको थियो।

यसैगरी, चाँदीको मूल्य प्रतितोला रु ५० ले बढेर एक हजार आठ सय ८० पुगेको छ। बुधबार एक तोला चाँदी रु एक हजार आठ सय ३० मा किनबेच भएको थियो।

माघ ३, २०८१ बिहीबार १४:१९:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।