स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : आज पनि सकिएन रविको बहस

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : आज पनि सकिएन रविको बहस

काठमाडौं : काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस आज पनि सकिएन।  

काठमाडौं जिल्ला अदालतमा आज पीडित र सरकारी वकिलको बहस सकिएपनि प्रतिवादीको तर्फबाट बहस नभएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।

मंगलबार सार्वजनिक बिदा भएकाले मुद्दाको अर्को सुनुवाइ बुधबारमात्रै हुनेछ। त्यतिबेलासम्म लामिछाने न्यायिक हिरासतमै रहनेछन्।  

पुष २९, २०८१ सोमबार १६:२८:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।