एकै दिन १७ सय रुपैयाँले बढ्यो सुन

एकै दिन १७ सय रुपैयाँले बढ्यो सुन

काठमाडौं : साताको दोस्रो दिन सोमबार (आज) एकै दिन सुनको मूल्य १७ सय रुपैयाँले बढेको छ।

आइतबारको तुलनामा सोमबार सुन तोलाको १७ सय रुपैयाँ र चाँदी १५ रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएका छन्।

महासंघका अनुसार आज सुन तोलाको एक लाख ५५ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार  सुन तोलाको एक लाख ५४ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी चाँदीको मूल्य आज तोलाको एक हजार आठ सय ६० रुपैयाँमा कायम भएको छ।

आइतबार चाँदी तोलाको एक हजार आठ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।

पुष २९, २०८१ सोमबार १०:४८:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।