सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं : साताको पहिलो कारोबार दिन आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १६ सय रूपैयाँले बढेको हो। 

शुक्रबार एक लाख ५४ हजार १०० रूपैयाँमा कारोबार भएको सुन आज छापावाल सुन एक लाख ५५ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार चाँदी पनि १५ रूपैयाँले बढेको छ। 

शुक्रबार १ हजार ८४५ रूपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८६० रूपैयाँमा कारोबार भइरहेको छ। 

पुष २८, २०८१ आइतबार ११:२७:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।