रवि लामिछानेलाई धरौटीमा छाड्नू भन्ने अदालतको आदेशमा के छ?
काठमाडौं : सूर्यदर्शन सहकारीको बचतकर्ताको रकम अपचलनको अभियोगमा लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ।
थुनछेक बहस सकिएपछि बिहीबार सो आदेश आएको हो। अदालतका न्यायाधीश नीतिज राईको इजलासले उनलाई पुर्पक्षमा नपठाई धरौटीमा छाड्न आदेश दिएको हो।
तर, रवि लामिछाने ६५ लाख धरौटी बुझाएपछि काठमाडौं ल्याउने तयारी गरिएको छ।
धरौटीमा छाड्न आदेश भएका रविसहितले जिल्ला अदालत कास्कीमै धरौटी बुझाउनुपर्ने हुन्छ। धरौटी बुझाए पनि उनीहरू छुट्ने छैनन्।
रविविरूद्ध स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौंमा पनि मुद्दा दायर भएकाले कास्कीमा धरौटी बुझाएलगत्तै उनलाई काठमाडौं पठाइने जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाले बताए।
इजलासको आदेश यस्तो छ :
पुष २५, २०८१ बिहीबार १९:२८:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।