सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं : साताको पााँचौं दिन बिहीबार (आज) सुनचाँदीको मूल्य बढेको छ।
बुधबारको तुलनामा आज सुन तोलामा आठ सय रुपैयाँ र चाँदी तोलामा १० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज सुन तोलाको एक लाख ५३ हजार तीन सय रुपैयाँ कायम भएको छ।
बुधबार सुन तोलाको एक लाख ५२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी चाँदीको मूल्य आज तोलामा एक हजार आठ सय ४० रुपैयाँ कायम भएको छ। बुधबार चाँदी तोलाको एक हजार आठ सय ३० रुपैयाँ कायम भएको थियो।
पुष २५, २०८१ बिहीबार १२:०१:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।