कास्की अदालतमा रवि लामिछानेको तर्फबाट आज थुनछेक बहस हुने

कास्की अदालतमा रवि लामिछानेको तर्फबाट आज थुनछेक बहस हुने

पोखरा : सुर्यदर्शन सहकारी ठगी प्रकरणमा आज कास्की जिल्ला अदालतमा रवि लामिछानेको तर्फबाट कानून व्यवसायीहरूले थुनछेक बहस गर्दैछन्।

जिल्ला न्यायाधीश नितिश राईको इजलाशमा आजदेखि रबि लामिछानेको तर्फबाट कानून व्यवसायीहरुले थुनछेक बहस गर्न लागेका हुन्। यसअघि सोही प्रकरणमा पूर्व डिआईजी छविराज जोशी र लिला पछाईको तर्फबाट थुनछेक बहस भएको थियो।

रविको तर्फबाट वकिलले गरेको बहसपछि सोही प्रकरणमा पक्राउ परेकी एमाले नेतृ एवं गण्डकी प्रदेश सभाकी पूर्व सांसद मिना गुरुङ, अनिता गुरुङ र रामबहादुर खनालको थुनछेक बहस हुन् बाँकी रहनेछ।

यसैबीच रवि लामिछानेका तर्फबाट कास्की जिल्ला अदालतमा थुनछेक बहसमा सहभागी कानून व्यनासायी यज्ञमणि न्यौपानेले सहकारी पिडितहरूले बचत रकम फिर्ता नपाउने परिस्थिति बन्दै गएकोबारे इजलाशमा कुरा उठ्न थालेको बताएका छन्।

पुष २२, २०८१ सोमबार ०९:५७:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।