रवि लामिछानेविरूद्ध आज कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुँदै

रवि लामिछानेविरूद्ध आज कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुँदै

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरूद्ध आज कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुने भएको छ। आइतबार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले रविविरूद्ध मुद्दा दायर गर्न लागेको हो।

रविविरूद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी ३ वटा अभियोग दर्ता गर्ने तयारी सरकारी वकिलको रहेको छ। 

पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा हाल थुनामा रहेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, नेटवर्कका सञ्चालक एवं पूर्व डीआईजी छविलाल जोशी बञ्जाडे, लीला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङसहित ५१ जनाविरुद्ध आइतबार अभियोग दर्ताको तयारी छ। 

पुष ७, २०८१ आइतबार ०८:०२:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।