साइबर कसुरको आरोपमा शोभा पाठक पक्राउ, महेश बस्नेतले आफूविरूद्ध षड्यन्त्र गर्न खोजेको पाठकको दाबी

साइबर कसुरको आरोपमा शोभा पाठक पक्राउ, महेश बस्नेतले आफूविरूद्ध षड्यन्त्र गर्न खोजेको पाठकको दाबी

काठमाडौं : प्रहरीले धादिङकी शोभा पाठकलाई पक्राउ गरेको छ। साइबर अपराधको आरोपमा सोमबार दिउँसो काठमाडौं जिल्ला अदालत परिसरबाटै पक्राउ गरेर उनलाई प्रहरी वृत्त स्वयम्भू लगिएको छ। 

राजकुमार त्रिपाठीले साइबर कसुरमा उजुरी दिएपछि पाठकलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।

पक्राउ पर्नुअघि शोभा आफैंले भने एमाले नेता तथा पूर्वमन्त्री महेश बस्नेतले आफूविरूद्ध षड्यन्त्र गर्न खोजेपछि आफैंले प्रहरीसमक्ष गिरफ्तारी दिएको बताएकी छिन्।

यसअघि गत जेठ २८ मा उनलाई प्रहरीले साइबर कसुरको आरोपमा पुल्चोकबाट पक्राउ गरेको थियो।  

त्यसबेला एमाले नेता बस्नेतविरूद्ध बलात्कारको आरोप लगाउँदै पाठकले उजुरीसमेत दिएकी थिइन्।

तर, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उनको उजुरीमा प्रमाण नपुग्ने जिकिर गरेको थियो। त्यो निर्णयविरुद्ध पाठकले उच्च अदालतमा पाटनमा निवेदन दिएकी थिइन्।  

पुष १, २०८१ सोमबार १५:२९:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।