सुनको मूल्य दुई हजारले बढ्यो, चाँदीको स्थिर
काठमाडौं : साताको चौथो दिन बुधबार सुनको मूल्य बढेको छ।
मंगलबारको तुलनामा बुधबार सुन तोलामा दुई हजार रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज सुनको मूल्य तोलाको एक लाख ५४ हजार दुई सय रुपैयाँ कायम भएको छ।
मंगलबार सुन तोलाको एक लाख ५२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।
सुनको मूल्य वृद्धि भए पनि चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदीको मूल्य तोलाको एक हजार नौ सय २५ रुपैयाँ नै कायम छ।
मंसिर २६, २०८१ बुधबार ११:११:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।