चार सयले बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

चार सयले बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

काठमाडौं : साताको दोस्रो दिन सोमबा नेपाली बजारमा सुनको मूल्य बढेको छ।

आइतबारको तुलनामा सोमबार सुन तोलाको चार सय रुपैयाँले बढ्दा चाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार सोमबार सुन तोलाको एक लाख ५० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार सुन तोलाको एक लाख ४९ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी चाँदीको मूल्य भने आज स्थिर नै रहँदै तोलाको एक हजार आठ सय ६५ रुपैयाँमा कारोबार भएको छ।

मंसिर २४, २०८१ सोमबार १०:५६:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।