सुनसरीमा​​​​​​​ टिप्परको ठक्‍करबाट साइकल यात्रीको मृत्यु भएपछि स्थानीयले गरे आगजनी, प्रहरीले अश्रुग्यास हान्यो

सुनसरीमा​​​​​​​ टिप्परको ठक्‍करबाट साइकल यात्रीको मृत्यु भएपछि स्थानीयले गरे आगजनी, प्रहरीले अश्रुग्यास हान्यो

काठमाडौं : सुनसरीको हरिनगर गाउँपालिका-४ स्थित टिप्पर गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ।

हरिनगरको मुख्य बजारस्थित भित्री सडकमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को१ख ६४३१ नम्बरको टिप्परले ठक्कर दिँदा देवानगञ्ज गाउँपालिका-७ बस्ने ४५ वर्षीय झलु उरावको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमनकुमार तिमल्सिनाले जानकारी दिए। 

उनका अनुसार टिप्परको ठक्करबाट साइकल यात्रीको घटनास्थलमै ३ः३० बजे मृत्यु भएको हो। 

त्यस घटनापछि स्थानीयले टिप्पर आगजनी गर्न खोजेपछि भीड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो। 

ठक्कर दिने गाडी र चालक इटहरी उपमहानगरपालिका-१६ बस्ने ३३ वर्षीय अब्दुल रहमान अन्सरीलाई इलाका प्रहरी कार्यालय देवानगञ्ज सुनसरीले नियन्त्रणमा लिएको छभने घटनाबारे थप अनुसन्धान भइरहेको एसपी  तिमल्सिनाले बताए।

मंसिर २२, २०८१ शनिबार २०:२७:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।