सुनको मूल्य एक हजारले बढ्यो

काठमाडौं : साताको तेस्रो दिन सुनचाँदीको मूल्य बढेको छ।
सोमबारको तुलनामा मंगलबार सुनको मूल्य एक हजार रुपैयाँ र चाँदीको मूल्य ३० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज सुन तोलाको एक लाख ५० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार सुन तोलाको एक लाख ४९ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी चाँदीको मूल्य आज तोलाको एक हजार ८४५ रुपैयाँ कायम भएको छ। सोमबार चाँदी तोलाको एक हजार ८१५ रुपैयाँमा कारोबार भएको थियो।
मंसिर १८, २०८१ मंगलबार ११:२७:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।